coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या

दाङ–देउखुरीको गढवामा  एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

आइतबार राति मदिरा सेवन गर्ने क्रममा भएको विवादपछि पुनले भरुवा बन्दुकले दुबैजनालाई गोली प्रहार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनीहरु तीनै जना स्थानीय भागिराम रोकाको घरमा मदिरा सेवन गर्दै थिए। सोही क्रममा उनीहरुबीच पुरानो रिसइवीले बिबाद बढेको थियो। विवाद भएपछि गाउँलेहरुले विवाद मिलाइदिएका थिए।

गाउँलेहरुको आग्रह अनुसार त्यहाँबाट घर जान भनी निस्केका कर्णबहादुर भरुवा बन्दुक लिएर पुनः फर्किएका थिए।  विवादपछि घर जानका लागि मोटरसाइकल चढेका राजु र कालुरामलाई कर्णबहादुरले भरुवा बन्दुकले गोली हानेका थिए। गोली लागेका दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कम्मरमा गोली लागेका कालुरामको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने दायाँ पाखुरामा गोली लागेका राजुको सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। गोली प्रहार गरी हत्या गर्ने कर्णवहादुर फरार छन्। प्रहरीले उनको खोजीकार्य तिब्र पारेको छ ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App