८ वैशाख २०८१ शनिबार
समाज

यी हुन् आयोजना अलपत्र पार्ने सात कम्पनी

विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो।

तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको कार्यालयले जनाएको छ। 

यी हुन् सात कम्पनी

१. सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेड।

२. राजेशप्रसाद चौहान मुख्य सञ्चालक रहेको पर्साको विजनेस नेपाल कन्सल्टेन्सी प्रालि।

३. सुरेश कुमार बुढाथोकी सञ्चालक रहेको युनाइटेड एग्रो इञ्जिनियरिङ प्रालि।

४. सुकबहादुर गुरुङ सञ्चालक रहेको नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सन।

५. विज्ञान कुमार अर्याल मुख्य सञ्चालक रहेको डाइग्नोकेम इन्टरनेसनल कम्पनी।

६. कल्पना ज्ञवाली सञ्चालक रहेको कल्पना कन्स्ट्रक्सन।

७. आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनी।

प्रकाशित: १० माघ २०७९ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App