coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुरातात्विक मुर्तीहरु चोरी गर्ने पक्राउ

ललितपुर- ललितपुर उपमहानगरपालिका–१२ नौदोवहाल स्थित रहेको बुद्ध मन्दिरबाट मुर्ती चोर्ने पक्रउ परेका छन्। गत साउन १० गते राति मन्दिरको बाहिर पट्टीको कच्ची गार्होमा प्वाल पारी भित्र गई ढोकाहरुमा लगाएको ताल्चाहरु काटी मन्दिर भित्र रहेको करिब ४ सय वर्ष पुरानो सुनको जलप लगाएको प्राचिन मुर्तिहरु र सो को गहनाहरु समेत चोरी गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेहरुमा रामेछाप गाउँसरा–४ घर भई ललितपुर ईमाडोल वस्ने ५३ बर्षीय मान बहादुर मगर, काभ्रे भिमखोरी– ३ घर काभ्रे वनेपा बस्ने ३६ बर्षीय  गणेश बहादुर श्रेष्ठ र दोलखा लाकुरीडाँडा–४ घर भई  काभ्रे वनेपा  बस्ने ४६ बर्षीय  वासुदेव के.सी.भन्ने मिन बहादुर खत्री रहेका छन्।

प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेकोमा आइतबार ललितपुर उपमहानगरपालिका–१२ स्थित चोरी भएको स्थान नजिकै सडक बाटोमा कालो झोलामा छाडिएको अवस्थामा मुर्तीहरु र सोको गहनाहरु समेत फेला परेको थियो।

  चोरी घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App