८ वैशाख २०८१ शनिबार
समाज

अवार्ड लिन पुगेका सशस्त्र एसपी कार्की, रित्तै फर्किए

'आउनै लागेको उत्कृष्टता खोसियो'

सशस्त्र प्रहरी गण नम्बर ११ देशकै सबै गणमध्ये उत्कृष्ट ठहरिएको थियो। सम्पूर्ण गणमध्ये उत्कृष्ट गणका गणपतिलाई सशस्त्र प्रहरीको हेडक्वार्टरले सशस्त्र प्रहरी दिवसको अवसरमा पुरस्कृत गर्ने गर्छ।

पुरस्कृत हुने भएको भन्दै हेडक्वार्टरले ११ नम्बरका गणपत ध्रुव कार्कीलाई काठमाडौँ बोलायो। गणपति सशस्त्र एसपी कार्की देशमै उत्कृष्ट गणको गणपति पुरस्कार थाप्न काठमाडौँ पुगे पनि तर पाउनै लागेको उनको उत्कृष्ट गणपतिको पुरस्कार खोसिएको छ। सोमवार सशस्त्र प्रहरी दिवसको अवसरमा २१ नम्बर दक्षिणकाली गण उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेको छ।

भन्सारमा निगरानी बढाउन सशस्त्र प्रहरी मुख्यालयले गौर भन्सार कार्यालयमा सिसिटिभी जडान गरेको छ। आन्तरिक मूल्याङ्कन सकिएर गण नम्बर ११ देशमै उत्कृष्ट भएको भन्दै पुरस्कार थाप्न सशस्त्र एसपी कार्की काठमाडौँ पुग्नासाथ सिसिटिभीमा डिउटीमा रहेको सशस्त्र प्रहरीले घुस लिएको भिडियो बाहिरिएपछि कार्कीको हातमा आउनै लागेको उत्कृष्टता खोसिएको हो।

सशस्त्रका वरिष्ठ प्रहरी हवलदार मातृका प्रसाद यादव र सशस्त्र प्रहरी जवान विवेक सिंहले डिउटीमै खटिएको बेला तस्करसगँ रकम लेनदेन गरेको सिसिटिभीमा भेटिएको हो।

गौर भन्सारमा सशस्त्र प्रहरी बलको बिओपि कार्यालय रहेको छ। बिओपि कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी बिदामा रहेको बेला यादव र सिंहले घुस लिएको बुझिए पनि सशस्त्र प्रहरी हेड क्वार्टरले सशस्त्र प्रहरी निरीक्षक गिरी, वरिष्ठ हवलदार यादव र जवान सिंहलाई हेड क्वार्टर झिकाएको छ।

सशस्त्र प्रहरी हेडक्वार्टर उच्च स्रोतका अनुसार अनुसन्धान र कारबाहीका लागि तिनै जनालाई तानिएको हो।

प्रकाशित: ९ माघ २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App