coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बँदेललाई थापेको पासोमा परेर चितुवाको मृत्यु

दैलेखमा बँदेललाई थापेको पासोमा परेर चितुवा मृत्यु भएको छ।

दुल्लु नगरपालिका–९ स्थित पादुकाको चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको हो।

पासोबाट झिकेर उपचारको लागि ल्याउँदा श्रीस्थानमा  चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले बताए।

अन्नबाली र तरकारी खेती नोक्सानी गर्दै आएको बँदेललाई थापेको पासोमा परेर चितुवा घाइते भएको भन्ने सूचना पाएपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. चित्र खड्काको टोलीले घटनास्थलबाट उद्धार गरेको थियो।

प्रकाशित: ९ माघ २०७९ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App