अर्घाखाँचीमा गएको छ महिनामा ४ हजार भन्दा धेरैले पासपोर्ट बनाएका छन्। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा ४ हजार चारसय ८३ राहदानी सिफारिस गरिएको उल्लेख छ।
यो तथ्यांक अनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ। प्रशासनले समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरि श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिए।
पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरिएको उनले बताए। ‘समान्य सिफारिस तर्फ ५ सय ३५ र द्रुत सेवा सिफारिस तर्फ ४० थान राहदानी सिफारिश भएका छन्, उनले भने, ‘चालु आर्थिक वर्षको यो छ महिनामा ४ हजार भन्दा धेरै राहदानी सिफरिश भएका छन्।’ त्यसमध्ये दुई हजार ८ सय राहदानी वितरण गरिसकिएको छ।
यस्तै यो आर्थिक बर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैंया राजस्व समेत संकलन भएको छ।
प्रकाशित: ९ माघ २०७९ ०९:३० सोमबार