८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

कोहलपुर-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मोटरसाईकल चोरीमा संग्लन गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकको संग्लनतामा नगरभित्र मोटरसाईकल चोरी गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो। चोरीमा  एक भारतीय नागरिक सहित ६ जना नेपाली युवकहरु पक्राउ गरिएको प्रहरीले जानकारी दियो।

भारतीय नागरिकको मुख्य अगुवाईमा छ अन्य नेपालीले मोटरसाईकल चोरीमा साथ दिएको प्रहरीको भनाई छ। मोटरसाईकल चोरी मुद्दामा अनुसन्धान भईरहेको छ । नगर आसपासका क्षेत्रहरुका मोटरसाईकल चोरीका घटनाहरु बड्दै गएपछि  निगरानी बढाएको प्रहरीले चोरीमा कार्यमा संग्लन सात जना पक्राउ गरेको डिएसपी भिमकिरण बोगटीले बताए।  प्रहरीले अभियुक्तकको नाम भने सार्वजनिक गरेको छैन्।

 प्रहरीले नेपालगन्ज १३ का वेदराज केसी, फत्तेपुर १ का मुख्तियार साई , नेपालगन्ज– १६ का अप्ताप खान र एक  पहिचान नखुलेको व्यक्तिको मोटरसाईकल उनीहरुको साथबाट बरामद गरेको छ।

प्रकाशित: ४ भाद्र २०७३ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App