७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीमा बस पल्टिदा १७ घाइते

सन्तोष सिंह

सर्लाही-सर्लाहीको बहुर्अवाबाट मलंगवा तर्फ आउदै गरेको बस लखनदेही खोलामा पल्टिदा १७ जना यात्रु घाइते भएका छन्। कौडेना–९ स्थित लखनदेहि खोलामा ना २ ख ६१४८ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भएर खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  दुर्घटनामा घाइतेहरुको सर्लाही जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरी उपरीक्षक उतमराज सुवेदीले बताए। दुर्घटनामा घाइते १७ मध्ये ४ जना शख्त खाइते भएका छन् । अन्य १३ जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बस खोलामा पल्टिे पछि चालक फरार भएका छन्।

 

 

 

प्रकाशित: ३ भाद्र २०७३ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App