२ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु,३ जना बिरामी

जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकजनाको मृत्यु भएको छ भन् ३ जनाको बिरामी भएका छन्।

मृत्यु हुनेमा ३५ बर्षीया दिपक रोकाया रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बर्ष ३८ का तिल रोकाया, बर्ष २८ का टंक रोकाया र बर्ष ३० का पारस धराला बिरामी छन्।

टंक रोकाया र पारस धराला तिल रोकायाको घर बनाउने  मिस्री हुन्। गेडागुडी खाईसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए। त्यसपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए।

उनीहरु तीनै जना हाेसमा आसकेकाे र अहिले आइसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए।

प्रकाशित: ८ माघ २०७९ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App