२० जेष्ठ २०७७ मंगलबार
समाज

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

खोलामा बग्दै गरेका एक जनालाई उद्धार गरी तत्कालै हेलिकप्टरबाट उपचारका लागि पठाइएको दृश्यले स्थानीयमा थप कौतुहलता बढयो । केही बेर पछि मात्र नेपाली सेनाले विपतको अभ्यास गरेको जानकारी पाएपछि सडकको भिड हट्यो। बुधबार बागमती नदीमा बाढी प्रकोपका बेला उद्धार कार्यको अभ्यास ‘साहास’ गरेको छ।    

सेनाको विपद् प्रतिकार्य टोलीले डोंगा, डोरी लगायतको माध्यमबाट बाढीमा बगेका सर्वसाधारणको उद्धार कार्य कसरी गर्ने भन्ने बारे ‘साहास’ अभ्यास गरेको हो। घाईते भएकाहरुको तत्काल उद्धार कार्यका लागि हेलिकप्टरको समेत प्रयोग गरिएको थियो । अभ्यास कार्यक्रममा नेपाली सेना मध्य पृतनाका पृतनापति एवं उपरथी देवप्रसाद सुवेदी समेत सहभागि भए।

प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७२ तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि २०६६ बमोजिम विपद व्यवस्थापनमा नेपाली सेनाका क्षमता अभिवृद्धि गर्दै बाहिनी तथा गणहरुको प्रतिकार्य क्षमतालाई अझ प्रभावकारी बनाई कार्य सम्पादन गर्नको लागि भविष्यमा आईपर्न सक्ने विपद् र तत् पश्चात उत्पन्न हुन सक्ने असहज परिस्थितीको प्रभावकारी रुपमा सामना गर्न सकियोस् भन्ने उद्धेश्यले फौज र उपलब्ध स्रोत साधनको समेत प्रयोग गरी अभ्यास ‘साहास’ सञ्चालन गरिएको नेत्रगंजको जुटपानी स्थित नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी सुरेश आचार्यले बताए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App