८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा पहिलो पटक महिला प्रजिअ आउँदै,पोखरेलको सरुवा

 ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउने भएकी छन्। यहाँका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको काभ्रे सरुवा भएको छ।  अहिले सम्म ताप्लेजुङमा कोहिपनि प्रमुख जिल्ला अधिकारी महिला थिएनन्। सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो पटक गीताकुमारी राई र त्यस लगत्तै गायत्रा अधिकारी खड्काले भूमिका निर्वाह गरेका थिए। 

यसअघि भोजपुरको प्रमुख जिल्ला अधिकारी भइसकेकी गीताकुमारी ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आउने भएसंगै ताप्लेजुङमा अब जिल्ला न्यायाधीस  निर्मला योङ्यासंगै पहिलो पटक महिलाले प्रमुख जिल्ला अधिकारीको कमाण्ड सम्हाल्ने छन्। न्यायाधीस योङ्या पनि ताप्लेजुङमा पहिलो पटक महिला जिल्ला न्यायाधीसको रुपमा आएकी थिइन्। उता उपसचिव स्तरका कर्मचारीले नेतृत्व सम्हालेयता जिल्ला सरकारी वकिल कार्यालयमा पनि पहिलो पटक महिलाले नेतृत्व सम्हाली रहेकी छन्। अहिले जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख मौना सिंह रहेकी छन्।  

६ महिनामा सोह्रसय बढीले पाए नयाँ नागरिकता

यसैबीच जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक बर्ष २०७९।८० को ६ महिना सम्ममा १ हजार ६ सय बढी नागरिकता बितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार चालू आवको पुस महिना सम्ममा १ हजार ६ सय ३२ थान नयाँ नागरिकता बितरण गरिएको छ। प्रशासन कार्यालयले पुस महिनामा मात्र ३ सय ७७ थान नागरिकता बितरण गरेको थियो। यस्तै १ हजार ३ सय २७ थान नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयले १ हजार ७ सय राहदानी बितरण गरेको छ भने ४ सय ९ थान राहादानीको द्रुत सिफारिस गरेको छ। यस्तै २ हजार ३ सय ८० थान राहदानीको साधारण सिफारिस गरेको समेत प्रशासन कार्यालयले जनाएको छ।  

प्रकाशित: ७ माघ २०७९ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App