coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगो ताप्ने क्रममा वृद्धाको मृत्यु

बिहीबार बिहान आगो ताप्ने क्रममा विराटनगर महानगरपालिका–१० लालीगुराँस चोककी एक वृद्धाको मृत्यु भएको छ।

८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। आगो ताप्ने क्रममा यादवले लगाएको साडीमा आगो सल्किएर जलेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

वृद्धा महिलाको २ छोरा र बुहारी छन्। आगलागी हुँदा तत्काल छोरा बुहारी  घरको सामान लिन बाहिर गएको समयमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ माघ २०७९ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App