१५ चैत्र २०८० बिहीबार
समाज

कैलालीमा बस दुर्घटना, २ को मृत्युु, ९ घाइते

कैलाली– दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस भीमदत्तपन्त राजमार्गअन्तगर्त कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा शुक्रबार बिहान १ बजे दुर्घटना हुुँदा २ जनाको मृत्युु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा डोटी वासुुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र सोही ठाउँ बस्ने २८ वर्षीय खगेन्द्र विक रहेको इलाका प्रहरी कार्यालय फल्टुुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्।

घाइतेहरु मध्ये ७ जनाको अत्तरियास्थित पदमा अस्पताममा उपचार भइरहेको छ, गम्भीर घाइते डोटीको लडागडा बस्ने बस्ने ३५ वर्षीय महाविर कडायत र बसका चालक मालिक अत्तरिया नगरपालिका– ४ बस्ने २५ वर्षीय शेरबहादुर कडायतलाई थप उपचारको लागि भारतको बरेली रेफर गरिएको छ।

उक्त बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो।

 

प्रकाशित: २८ श्रावण २०७३ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App