coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेवातालमा हराएका युवा भेटिएनन्

पोखरा–फेवातालमा डुंगा डुब्दा हराएका दुई युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकीसम्म पनि हराएका युवाहरुको खोजी भइरहेको छ।
बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका दुइजना युवाको खोजी भइरहेको बताए।

‘सोमबार बेलुकीदेखि नै हामी युवाहरुको खोजिमा जुटेका थियौं, मंगलबार बेलुकीसम्मपनि खोजी जारी छ। तर, फेला पारेका छैनौं,’ उनले भने। सोमबार बेलुकी ८ जना सवार डुंगा तालको बीचभागमा डुबेको थियो। डुंगा डुब्दा २ युवक तालमा वेपत्ता भएका थिए। प्रहरी र डुंगा चालकले अन्य ६ जनालाई सकुशल उद्धार गरेका थिए ।

काठमाडौं चक्रपथका प्रतीक श्रेष्ठ (१९) र बसुन्धराका एलन केसी (२३) अझै तालमा हराइरहेका छन्। ‘प्रहरी, सशस्त्र प्रहरीको टिम बनाएर खोजी गरिरहेका छौं। उपयुक्त साधनको अभावमा समस्या भएको छ,’ उनले भने, ‘नभेटिएसम्म उनीहरुको खोजी जारी रहन्छ।’ युवाहरुको खोजीकालागि केही आफन्त र साथीहरुसमेत पोखरा आएको प्रहरीले बताएको छ। सशस्त्र र नेपाल प्रहरीले सम्भावित क्षेत्र पहिचान गरेर खोजी गरिरहेको अधिकारीले बताए।

 

प्रकाशित: २५ श्रावण २०७३ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App