७ वैशाख २०८१ शुक्रबार
समाज

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा दुर्घटनाग्रस्त जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) प्राधिकरणका कर्मचारीलाई बुझाइँदै। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजी गर्ने क्रममा फेला पारेको एफडीआर र सीभीआर भेटिएको बताए। ‘दुइवटा उपकरण फेला परेको थियो। दुर्घटनाको कारण पहिल्याउन यी उपकरण सबैभन्दा बलियो प्रमाण हुने भन्ने बुझेका छौ। सबै प्राविधिक कुरा हामीलाई पनि थाहा छैन,’ उनले भने, ‘ती उपकरण प्राधिकरणलाई बुझाइएको छ।’

यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका ६८ जना यात्रुको शव फेला परेको भएपनि चारजना अझै सम्पर्कमा छैनन। जहाजमा चालकदलका चार र ६८ जना यात्रुगरि ७२ जना सुवार थिए।  

प्रकाशित: २ माघ २०७९ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App