८ वैशाख २०८१ शनिबार
समाज

जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि जारी

पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि शुरु भएको छ। पोखराको सेतीखोंचमा दुर्घटनामा परेको जहाजमा रहेका बाँकी यात्रुहरुको खोजीसँगै शव संकलन सोमबारपनि जारी राखिएको हो। आइतबार बेलुकासम्म ६३ जनाको शव संकलन गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा पु¥याइएको थियो। अहिले विहान थप ५ वटा शव संकलन गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। आज विहान ७ बजेदेखि नै शव संकलन कार्य जारी छ’–उनले भने।

 काठमाडौंबाट पोखरा आएको यति एयरलाईन्सको एटिआर ७२ को 9N–ANC  कलसाईन भएको जहाज आइतबार पोखराको सेतीखोंचमा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाको मृत्यू भएको थियो। जसमध्ये ६८ जनाको शव भेटिएको कास्की प्रहरीले जनाएको छ। बाँकी ४ जना बेपत्ता छन्। उनीहरुको पनि खोजी जारी राखिएको कास्की प्रहरी प्रवक्ता खड्काले जानकारी दिए। बेपत्ताहरुको खोजीका लागि गोताखोर टोली परिचालन गरेर खोजी गरिरहेका छौं’–उनले भने।जहाज दुर्घटनाको कारण खुलिसकेको छैन।

प्रकाशित: २ माघ २०७९ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App