सवारी दुर्घटनामा सर्लाहीमा एक युवकको मृत्यु भएको छ।
सर्लाहीको बागमती नगरपालिका २ स्थित नयाँ रोड बरहथवा सडक खण्डको बाटो छेउमा उखु लोड गरी बिग्रिएर रोकिरहेको ट्रकमा एक मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो।
रोकिरहेको ना ५ ख ७५६४ नम्बरको ट्रकमा बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोकिँदा चालक सर्लाहीको गोडैता नगरपालिका ४ का राम भजन हजारीका छोरा ३२ वर्षीय विश्वजीत हजारीको घटनास्थलमै मृत्यु भएको छ।
ट्रकका चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।
प्रकाशित: १ माघ २०७९ १२:५६ आइतबार