७ वैशाख २०८१ शुक्रबार
समाज

क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भीड। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। उद्धारपछि यात्रुलाई अस्पताल लगेको जानकारी पाएपछि आफन्त र साथीभाईको अहिले अस्प्ताल परिसरमा भीडभाड छ। अस्पतालमा अहिलेसम्म ३९ जना यात्रुको शव ल्याईएको अस्पतालले जानकारी दिएको छ।

अस्पताल पुगेका आफन्तहरु सोकमग्न अवस्थामा छन्। कतै रुवाबासी चलिरहेको छ भने कतै एकअर्काबारे कुराकानी भईरहेको छ। जहाज दुर्घटनामा आफन्त परेको भनेपछि उनीहरुको अवस्था थाहा पाउनका लागि अहिले अस्पतालमा जानेको घुँइचो रहेको छ।

प्रकाशित: १ माघ २०७९ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App