coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोंचमा खसेकाले उद्धारमा कठिनाई, २९ जनाको शव फेला (अपडेट)

पोखरामा दुर्घटनामा परेको जहाज सेतीको खोंचमा खसेको छ। काठमाडौंबाट पोखरा आइरहेको यती एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो। ६८ जना यात्रु सवार दुर्घटनामा परेको जहाजबाट अहिलेसम्म् २९ जनाको शव फेला परेको प्रहरीले बताएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा समस्या आएपछि जहाज दुर्घटनामा परेको थियो। जहाज पुरानो विमानस्थल र सीताराम केसी ग्रुपले निर्माण गरेको हाउजिङको बिचमा रहेको सेती खोंचमा खसेको अवस्थामा भेटिएको हो।

खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको छ। खसेलगत्तै प्रहरी पुगेर उद्धार गरिरहेको छ। तर पर्याप्त जनशक्ति लगेर उद्धार गर्न नसकिएको प्रहरीले बताएको छ। त्यस्तै, दुर्घटनास्थल खोंचमा भएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा ल्याउन पनि कठिनाई भएको प्रहरीले बताएको छ। जसका कारण विहान १० बजेर ५८ मिनेट जाँदा दुर्घटना भएपनि अहिलेसम्मपनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन।

कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले भौगोलिक कठिनाईका कारण उद्धारमा समस्या भएको जानकारी दिए। उनले भने, ‘हामी जतिसक्दो छिटो उद्धारको प्रयास गरिरहेका छौं। तर भौगोलिक कठिनाईका कारण समस्या भईरहेको छ।’

पोखराको मध्यभागमै जहाज दुर्घटनामा परेपछि दुर्घटना स्थल वरपर भीड जम्मा भएको छ। जसका कारणपनि उद्धारमा बाधा पुगेको प्रवक्ता खड्काले बताए। उनले भने,‘हजारौंको भीड छ। भीडका कारण एम्बुलेन्स र दमकल लैजानसमेत बाधा पुग्दा उद्धारमा समस्या भएको छ।’’

प्रकाशित: १ माघ २०७९ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App