coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गृहमन्त्रीद्वारा निर्मला कुर्मी घटना छानबीन गर्न सीआइबीलाई निर्देशन

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेले  निर्मला कुर्मीको घटना छानबीन गर्न सीआइबीलाई निर्देशन दिएको बताएका छन्।  

शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई बताए।  

उनीहरुले हिजो गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए। उक्त ध्यानाकर्षण पत्र बुझेपछि  निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर पुगेका हुन्।  

यस्तो छ ध्यानाकर्षण पत्र 

नेपालगञ्ज उपमहानगरपालिका–१७ की कुर्मी २०७५ माघदेखि बेपत्ता भएकी थिइन भने उनका श्रीमान् महलु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि निर्मलासँग दुई छोराहरु रामसागर र सुरेश थिए। रामसागर र सुरेशको पनि २०६६ मंसिरमा १० दिनको अन्तरमा रहस्यमय मृत्यु भएको थियो। 

रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्।  उनीहरूले विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या गरेको भन्दै न्याय माग गरिरहेका छन्। 

प्रकाशित: ३० पुस २०७९ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App