coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल एयरलाइन्सद्वारा ताप्लेजुङ–बिराटनगर उडान गर्ने तयारी

फाइल तस्बिर।

सीता एयरले सातामा तीनदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानको कार्य तालिका बनाइरहेका बेला नेपाल एयरलाइन्सले पनि काठमाडौं–ताप्लेजुङ बाहेक ताप्लेजुङ–विराटनगरको उडान गर्ने तयारी गरेको छ।

नेपाल एयरलाइन्सका ताप्लेजुङस्थित स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले यहीँ साता भित्र हप्तामा कम्तीमा एक दिन ताप्लेजुङ–बिराटनगर उडान भर्ने गरी तालिका बनिरहेको जानकारी दिए।

प्रदेश राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–बिराटनगर उडान गर्ने तालिका बनिरहेको लिम्बूले जानकारी दिए। 'ठ्याक्कै सेडुल त आएको छैन, तर ताप्लेजुङ–बिराटनगर उडानको तालिका बनेर तत्कालै आउनेवाला छ’ लिम्बूले भने।

इलामको सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले उडान भर्ने तालिकसंगै ताप्लेजुङ–बिराटनगर उडानको समेत तालिका तयार हुन लागेको उनले जानकारी दिए। 

अहिले नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको छ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरले माघ ४ गतेबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने तयारी गरेको छ। यस पहिले सीता एअरले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएकोमा विगत केही समय देखि सो उडान हुन छाडेको थियो।

प्रकाशित: ३० पुस २०७९ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App