७ वैशाख २०८१ शुक्रबार
समाज

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु

दुर्घटनापश्चात राजमार्गको अवस्था। तस्वीर: स्सामाजिक सन्जाल।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ भलादमी चोकमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। 

गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृत्यु हुनेमा मनहरी ८ सिमपानी बस्ने ३२ बर्षका धर्मराज मोक्तान, सोही स्थानका अन्दाजी ३०र३२ बर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका ३ लावतीका अन्दाजी ३०/३२ बर्षकै रुपेश तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। तामाङको मेडिकल कलेज पुर्‍याउने बित्तिकै मृत घोषणा गरिएको थियो भने मोक्तानद्वयको उपचारको क्रममा मृत्यु भएको हो। 

राति १०:५० बजे ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति हेर्दा स्कुटरलाई कुनै सवारीले ठक्कर दिएको जस्तो देखिएको प्रहरीको भनाई छ। यद्यपी ठक्कर दिनेको भने पहिचान हुन सकेको छैन। मोटरसाइकल पूर्ण क्षति भएको छ। ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। घटनाको विषयलाई लिएर स्थानीयले राति करिब ३ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए।

प्रकाशित: २९ पुस २०७९ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App