coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डबल क्यापले ठक्कर दिदा एक वृद्धको मृत्यु

अर्घाखाँचीको शितगंगामा डबल क्यापको ठक्करबाट एक जनाको ज्यान गएको छ। शितगंगा नगरपालिका वडा नम्बर–४, कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्यापले सोही वडाका ७० वर्षिय ज्ञान बहादुर नेपालीलाई ठक्कर दिंदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

टाउको र घुँडामा गहिरो चोट लागेर घाईते भएका नेपालीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिए।

ठक्कर दिने गाडी तथा चालकलाइ नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २८ पुस २०७९ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App