coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी मनाइयो घन्टाकर्ण पर्व (फोटो फिचर)

काठमाडौँ- साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार सोमबार मनाइयो।

विशेषगरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सो पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप सोमेबार बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटामा उभ्याइने चलन छ।
बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली गठेमङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ।

गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहासविद् प्रकाश श्रेष्ठले बताए । जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवम् शत्रुबाट रक्षा प्राप्त गर्नाका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ। रासस

सबै तस्बिरहरु: प्रबिन कोइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App