coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लखनउ बस दुर्घटनामा मृत्यु भएका तीनै नेपालीको सनाखत

भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु भएका तीनै जना नेपालीको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो दुर्घटनामा तीन नेपाली र एक बसचालक भारतीय नागरिक गरी चारजनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद जोशीले जानकारी दिए। उनका अनुसार भारतीय नागरिक बसचालकको भने सनाखत हुन सकेको छैन।  

सो दुर्घटनामा परेर घाईते भएका टीकापुर नगरपालिका–१ का ३५ वर्षका हरि साउँदको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षका दिपक सुनारको अवस्था मध्यम र अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिएका छन।  

भारतको गुजरातबाट हिजो नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो। सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ।  

बसमा ६६ जना यात्रु रहेको बताईएको छ। भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन।

प्रकाशित: २५ पुस २०७९ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App