coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपतका बालबालिका संरक्षण गर्न केन्द्रीय बालकल्याण समितिको आग्रह

काठमाडौं– पछिल्लो समय देशव्यापी रुपमा आएको प्राकृतिक विपत्मा परेका बालबालिकालाई उद्धार र संरक्षण गर्ने केन्द्रीय बाल कल्याण समितिले आग्रह गरेको छ।

पछिल्लो समय देशभर बाढिपहिरो र डुबान जस्ता प्राकृतिक विपतमा बालबालिकासमेत फसेको र पीडित बनिरहेको अवस्थामा यस क्षेत्रमा कार्यरत संघसंस्थाले त्यस्ता बालिबालिकाको संरक्षणमा ध्यान दिन उसले बिहीबार एक विज्ञप्तीमार्फत आग्रह गरेको हो।

यस्तो प्राकृतिक विपतका समयमा खास गरी बालबालिका र गर्भवती पहिला बढी जोखिममा पर्न सक्ने भएकोले उनीहरुको संरक्षणमा ध्यान दिन आग्रह गरेको हो । त्यस्ता बालबालिकाको संरक्षण गर्न केन्द्रीय बालकल्याण समितिको मातहतका सरकारी कार्यालयहरुको समन्वयमा काम गर्न पनि समितिले संघसंस्थाहरुलाई अपिल गरेको छ।

 

प्रकाशित: १३ श्रावण २०७३ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App