७ वैशाख २०८१ शुक्रबार
समाज

टिपरमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

हुलाकी राजमार्गको सप्तरी खण्डमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सवार  दुई जना घाइते भएका छन् ।  

हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका ११ मा सडकमै राखिएको स१ख ९२८ नम्बरको टिपरमा राजविराजतर्फ आउँदै गरेको बा ८९ प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलले एकै पटक ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका(११ बनौलीका २० वर्षीय बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका (१० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको डिएसपी सिंहले बताए ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० का २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका (११ बनौलीका२२ बर्षीय बुधन चौधरी घाईते भएका छन् ।

प्रकाशित: २५ पुस २०७९ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App