coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मादक पदार्थ सेवन गरी जेम्स स्कुलको बस हाक्ने चालक पक्राउ

काठमाडौं– एक निजी स्कुलका बालबालिका बोकेको बसका चालकले मादक पर्दाथले मातेर सडक दुर्घटना गराएका छन्।

ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बालबालिकालाई मंगलबार नियमित घर छाड्ने क्रममा चालकको लापरवाहीले जावलाखेलमा दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जना घाइते भएका छन्। यस्तैमा बसमा सवार बालबालिकालाई समेत चोटपटक लागेको प्रहरीले जनाएको छ। प्रहरीले मादक पर्दाथ सेवन गरेर सवारी  दुर्घटना गराएको आरोपमा चालक उपर कारवाही थालेको छ।

प्रहरी परिसर ललितपुरका अनुसार बा ३ ख ९६१९ नम्बरको भाडाको बसका चालक अशोककुमार श्रेष्ठले जावलाखेल चोक नजिक बा ५० प ५०५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए। बसको ठक्करले मोटरसाइकल चलाइरहेका ज्योतिष डाक्टर राजकुमार सुवेदी र पछाडी बस्ने रामचन्द्र ढकाल घाइते भएका हुन्। उनीहरुको हाल अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको रहेको छ ।

परिसरका डिएसपी इश्वर कार्कीका अनुसार मादक पर्दाथ गरेर सवारी दुर्घटना गराउने चालकलाई प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ। दुर्घटनापछि परिसरमा अलपत्र परेका बालबालिकालाई जेम्स प्रशासनले अर्को गाडीबाट गन्तव्य पु¥याएको थियो।  

 

प्रकाशित: १२ श्रावण २०७३ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App