८ वैशाख २०८१ शनिबार
समाज

शीतलहर बढ्दै जाँदा, पालिकाहरुले थप्दै जाडो बिदा

फाइल तस्बिर। <div><br></div>

रौतहट र सर्लाही लगायत मधेश प्रदेशका जिल्लाहरुमा एक हप्तादेखि घाम लागेको छैन। शीतलहरले जनजीवन कष्टकर बन्दै जाँदा बालबालिका, बृद्ध, अपांग, बिरामी, सुत्केरी तथा अशक्तहरु अत्यधिक प्रभावित देखिएका छन्।

दिनभर घाम नलाग्ने तथा पश्चिमा चिसो हावा चलिरहने मौसम भएकोले जनजीवनको सबै क्षेत्र प्रभावित भएको देखिएको छ। शीतलहरले जनजीवन थप कष्टकर बन्दै जाँदा रौतहटका पालिकाहरुले विद्यालयमा जाडो बिदा थप्न थालेका छन्।

शुक्रबारसम्म जाडो बिदा दिएका पालिकाहरुले थप बिदा दिन बिस्तार गर्दै मंगलवार पुस २६ सम्म जाडो बिदा दिएका छन्। गरुडा नगरपालिकाले अहिलेसम्म जाडो बिदा नदिएकोमा अत्यधिक चिसो बढेपछि वर्षे बिदाबाट कट्टा हुने गरी सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा तिन दिन पठनपाठन बन्द रहने जानकारी गराएको छ।

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले सूचना प्रकाशित गरी तिन दिन विद्यालयहरुमा जाडो बिदा दिइएको जनाएका छन्।

प्रकाशित: २३ पुस २०७९ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App