coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काँक्रेविहार जंगलमा रुख फडानी

वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र सालका रुख फडानी भएको पाईएको छ।  आरा लगाएर सालका रुखहरु फडानी गरेको पाईएको हो।  

 काँक्रेविहार संरक्षित वन क्षेत्र भएकाले त्यहाँ रुखहरु संरक्षित गनुपर्ने दायित्व सरकारको हो।  तर, दिनानुदिन वन क्षेत्रभित्र बन्चरो, आसीले वन फडानी गर्दा आवाज आउँछ भनेर आरा लगाएर सालका रुखहरु काटेका हुन्।  जंगलको ठाउँठाउँमा रुखहरु जथाभावी रुपमा काटेको पाईएको छ।  वन क्षेत्र गर्ने हेरालु र नेपाल प्रहरीको युनिट समेत रहेको छ।  तर, नजिकै बस्ती रहेकाले वन क्षेत्रमा रुखहरु काटन हुने क्रम नरोकिएको स्थानीयहरु बताउँछन्।  वन क्षेत्र नजिक बाक्लो मानव बस्तीहरुको भरिन थालेसंगै रुखहरु काटन हुन थालेको हो।  

काँक्रेविहार वन क्षेत्रभित्र लागुऔषध प्रयोगकर्ताहरुको प्रमुख थलो बनेको छ। ’ एक स्थानीयले भने, दिनभरि लागुऔषधकर्ताहरुको विगविगी राती रुख कटान गर्नेहरुको सक्रिय भएको छन्। ’ काँक्रेविहार वन क्षेत्रभित्र रहेका जरायो समेत समुदायले लगाएको बालीनालीमा सहज छिर्ने भएकाले संरक्षणमा समस्या समेत भएको छ।  चोरी निकासी हुनसक्ने सम्भावना उत्तिकै रहेको सरोकारवालाहरु बताउँछन्।  

वन विभागले वन संरक्षण सम्वन्धी कार्यविधि बनाईरहेकोले तत्काल संरक्षणको कार्ययोजनाहरु  नहुँदा समस्या भएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन प्रमुख मुनबहादुर रावतले बताए।  ‘तत्काल पर्खाल नबनेका कारण वन र जरायो संरक्षणमा समस्या भयो। 

’ डिभिजन प्रमुख रावतले भने, कार्यविधि आएपछि संरक्षणका लागि कार्ययोजनाहरु बनाईनेछ।  अहिले जंगल संरक्षणमा सरोकारावालाहरु छलफल गरिनेछ। ’ वन विभागले संरक्षित वनमा गरिने वन सम्वन्धी कार्यहरुको ब्यवस्थापनको लागि डिभिजन वन कार्यालयले हेर्नेछ।  वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको वा अन्य विशेष महत्व भएको लागेमा त्यस्तो वनलाई वन विभागले संरक्षित वनको रुपमा घोषित गर्ने गरेको छ।  

प्रकाशित: २३ पुस २०७९ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App