८ वैशाख २०८१ शनिबार
समाज

धारामा लडेर महिलाको मृत्यु

घर बाहिरको बराण्डमा रहेको धारामा लडेर शनिबार भक्तपुरमा एकजनाको मृत्यु भएको छ। 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही वस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेरा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएको वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो। 

घर बाहिरको बराण्डमा रहेको धारामा लडेर घाइते भए पश्चात निजकै छोरा वर्ष १४ को सुलभ महर्जनले थाहा पाई घर धनी र छिमेकीहरु मिलेर उद्दार गरी उपचारको लागि कोरियन अस्पताल ठिमी भक्तपुर लगेको थियो। पछि घाइतेको उपचारकै क्रममा मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरमा सूचना अधिकृत राजु पाण्डेले जनाए।  

प्रकाशित: २३ पुस २०७९ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App