१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोले सात घर पुरियो, १ को मृत्यु

पाल्पा- लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान झुम्सामा पहिरो खस्दा ७ घर पुरिएका छन्। घर पुरिँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको। पहिरोले घर पुरिँदा तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत अस्मिता विकको मृत्यु भएको छ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्थानीय र प्रहरीको सहयोगमा पहिरो हटाउने कार्य भैरहेको स्थानीय कुलचन्द्र पुरीले बताए। बिहान करिब ५ बजेको समयमा पहिरो खसेका कारण घरका अन्य मानिसहरु भने भाग्न सफल भएको पुरीले बताए।

सिद्धार्थ राजमार्गकै दर्ममडाँडा–खानीसेरामा पनि पहिरो खसेको छ। राजमार्ग अवरुद्ध भएका कारण पाल्पाबाट छुट्ने कुनै पनि लामोदूरीका सवारीसाधनहरु छुट्न सकेका छैनन्।

प्रकाशित: ११ श्रावण २०७३ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App