८ वैशाख २०८१ शनिबार
समाज

सिँढी भत्किँदा एक मजदुरको मृत्यु अर्का घाइते

पर्साको बहुदरमाइ नगरपालिकामा बनाउँदै गरेको सिमेन्टको सिँढी भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बहुदरमाई नगरपालिका (५ भौराटार का २१ वर्षीय राजा मण्डलको मृत्यु भएको  प्रहरीले जनाएको छ । घाइते ३५ वर्षीय अमर महतोको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

बहुदरमाई नगरपालिका (४ तिलावे खोलाको छेउमा छठघाटका लागि पक्की सिँढी  निर्माण हुँदै थियो । सिँढी तयार गर्न गरिएको ढलानको टेको ९सेटिङ० निकाल्दा भत्किएर दुई जना मजदुरलाई किचिएको थियो । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको थियो। 

घाइते मध्ये राजालाई अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पर्सा प्रहरी प्रवक्ता ९डिएसपी० दिपक गिरीले  सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टिबाट खोल्ने क्रममा खसेर उनीहरूलाई किचिएको बताए। ।सेट भइसक्यो भनेर तलपट्टिबाट सेटिङ खोलेका रहेछन्, उनले भने, तर खोल्ने क्रममा खसेर उनीहरु किचिए छन।

प्रकाशित: २२ पुस २०७९ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App