८ वैशाख २०८१ शनिबार
समाज

दाइजो नपुगेको भन्दै श्रीमतीलाई यातना दिने डाक्टर पंकज कारागारमा

श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पपक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।  

शुक्रवार जिल्ला अदालत महोत्तरीका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले चौधरीलाई पुर्पपक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। जिल्ला अदालतको दुई नम्बर इजलासमा थुनछेक बहस भएको जाहेरीवालाको तर्फबाट बहस गरेकी अधिवक्ता रिंकुकुमारी यादवले जानकारी दिइ्न।  

जाहेरीवलाको तर्फबाट जिल्ला न्यायाधीवक्ता मनोज कुमार गुप्ता, अधिवक्ता रिंकुकुमारी यादव  र डा. पंकज चौधरीको तर्फबाट अधिवक्ता विजय कुमार ठाकुर शंकर गुवाजुले शुक्रवार बहस गरेका थिए ।  

डा. चौधरी विरुद्ध अभियोगपत्र बिहीबार दर्ताभएपछि आज जिल्ला अदालतमा बहस भएको जाहेरीवलाको अधिवक्ता रिंकुकमारीले जानकारी दिइ्न। उनले भनिन् ‘चौधरीलाई थुनामा पठाउने की धरौटीमा छाड्ने विषयमा बहसपछि अदालतले पुर्पंपक्षका लागि उनलाई थुनामा पठाउन आदेश दिएको छ। ’

अदालतले पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै चौधरी मुद्दाको किनारा नदाग्दासम्म थुनामै रहने भएका छन्। यद्यपि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पुनरावेदन जान सक्छन्।  

महोत्तरी औरही नगरपालिका–१ की २१ वर्षीय नेहा चौधरीले श्रीमान् पंकज विरुद्ध जिल्ला अदालत महोत्तरीमा  मंसिर १९ गते मुद्दा दर्ता गराएकी थिइन्। नेहाले श्रीमान् पंकजमाथि पाँच वटा मुद्धा हालेकी छिन्। अंश,माना चामल,घरेलु हिंसा जलसाजी लिखत बदर र दाइजो सम्बन्धी कसूर मुद्दा हालेकी हुन। पंकजले पनि श्रीमती नेहासँग सम्बन्ध तोडन् जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विछेदको मुद्दा दर्ता गराएका छन्।  

नेहा र डा. चौधरीबिच २०७८ फागुनमा विवाह भएको थियो। विवाहमा नेहाका परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो। तर पनि दाइजो नपुगेको भन्दै उनीमाथि याताना दिन थाल्यो। दशैं टिकाको दुई दिनपछि नेहालाई श्रीमानले निर्घात कुटपिट गरेपछि माइती पक्षले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो। उपचारपश्चात स्वास्थ्यमा सुधार आएपछि उनले न्यायका लागि अदालतमा मुद्दा दायर गरेका थिइन्।  

प्रकाशित: २२ पुस २०७९ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App