coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–४ मुसहरी टोलमा शीतलहरबाट कठ्यांग्रिएर एक पुरूषको मृत्यु भएको छ। बिहीबार राति चिसो भुइँमा पराल ओछ्याएर सुतेकै बिछ्यौनामा ४५ वर्षीय देवु सदायको कठ्यांग्रिएर मृत्यु भएको हो।

शीतहलरको चिसो सिरेटो जेनतेन छल्ने फुसको छाप्रोमा सुतेका उनी शुक्रबार विहान मृत भेटिएको वडाका वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए। सदाय भारतको पन्जाबबाट मजदुरी गरेर केही दिनअघि मात्र घर फर्केको उनले बताए। यहाँका सदाय समुदायको दैनिक गुजाराको गन्तव्य जमिनदारको खेत र पन्जाब हो।

तीन छोरा र तीन छोरीको सहारा उनी मात्र थिए। उनकी श्रीमतीको भने २ वर्षअघि नै मृत्यु भइसकेको वडाध्यक्ष मुखियाले बताए। उनको मृत्युपछि छोराछोरीको बिचल्ली भएको छ। यससँगै सप्तरीमा चिसोबाट यो महिना दुई जनाले ज्यान गुमाएका छन्।

एकसाता देखि शीतलहरसंगै चलेको तेज पछिया हावाले मधेसका विपन्न समुदायको जनजीवन कष्टकर बनेको छ। बजारमा चहलपहल घटेको छ।

शीतलरका कारण चिसो पढेपछि केही स्थानीय तहका जनप्रतिनिधिले दाउरा वितरण गरेका छन्। नेपाली सेना प्रहरी र सशस्त्र प्रहरीले पनि केही ठाँउमा दाउरा वितरण गरेका छ्न्। श्री शेर गण चोहर्वा सिरहा, लहान नगरपालिका, नरहा गाउँपालिकालगायतले दाउरा वितरण गरेका छन्। लहान नगरपालिकाका मेयर महेश चौधरीले विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेका छन्।

प्रकाशित: २२ पुस २०७९ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App