४ वैशाख २०८१ मंगलबार
समाज

विपन्न परिवारलाई न्यानो कपडा

कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी गरिएको छ। शीत लहरसँगै बढ्दै गएको जाडोले विपन्न परिवार मारमा परेपछि उनीहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाहरूले पहिचान गरी न्यानो कपडा वितरण तयारी गरेका हुन्।

कपिलवस्तुको तौलिहवामा बिहीवार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपन्न र गरिब परिवारको पहिचान गरी समितिलाई नामावली बुझाउने र त्यसैका आधारमा न्यानो कपडा वितरण गर्ने तयारी गरिएको प्रजिअ तथा समितिका अध्यक्ष धर्मेन्द्रकुमार मिश्रले बताए।

विपन्नका लागि न्यानो कपडा वितरण गर्न केन्द्रसँग माग गरिएको उनले बताए। सो अवसरमा बृद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले जाडो र शीतलहरलाई ध्यानमा राखी आफ्नो पालिकाका वडाहरूमा विपन्न र गरिब परिवारलाई कम्बल लगायत न्यानो कपडा वितरण कार्य जारी राखेको बताए। उनले आफ्ना पालिकाले जाडोयाममा हरेक वर्ष न्यानो कपडा वितरण कार्य गर्दै आएको बताए। उता मायादेवी गाउँपालिका अध्यक्ष वली उद्दीन मुसलमानले समेत आफ्नो पालिकाका वडाहरूले विपन्न परिवारलाई न्यानो कपडा बाँड्ने कार्यलाई अघि बढाएको बताए।

समितिले शीतलहर आकस्मिक कार्य योजनामा २०७९ समेत पारित गरेको छ। यस्तै शीत लहरले सबै पालिकाका चोक चौराहामा दाउरा बाँड्न समेत समितिले निर्णय गरेको छ। केही दिनअघि तिलौराकोट साझेदारी वनले आफ्नो कार्य क्षेत्रमा दाउरा बाँडिसेकेको छ। यस्तै कपिलवस्तु नगरपालिकाले बुधबारदेखि नै सबै वडाका चोकचौराहामा दाउरा बाँडेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

विपद् व्यवस्थापनसँग सम्बन्धी सूचना आदानप्रदान गर्ने र लक्षित वर्गसम्म राहत पुग्ने गरी सुनिश्तिताका लागि सबैले पहल गर्नेसमेत निर्णय गरिएको छ। यसैगरी पालिकाको विपद् फोकल पर्सनहरू एक आपसमा आबद्ध रही सूचना आदानप्रदान गर्न वाट्सप ग्रुप बनाउने र विपदगावै कार्ययोजनासमेत तयार गर्ने निर्णय गरिएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट ३२ जनालाई कुल १ लाख ९६ हजार ५ सय तथा तथा लुम्बिनी प्रदेशबाट पाएको अख्तियारीमा ८ लाख रूपैयाँ राहत प्राप्त भएको पेस गरिएको विवरण समेत पास गरिएको छ।

प्रकाशित: २२ पुस २०७९ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App