coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ब्राउनसुगर सहित दुई युवक पक्राउ

प्रहरीले लहानबाट ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

लहान नगरपालिका–२० हरिनगराबाट सोही नगरपालिका वडा नं. १ का २७ वर्षीय सुरेश साह सुडी र २० वर्षीय सिद्धार्थ चौधरीलाई पक्राउ गरेको हो।

लहान प्रहरीले साह र चौधरी सवार प्रदेश २–०१–००२ प ८८४६ नम्बरको मोटरसाईकललाई शंका लागीचेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९२० मिलीग्राम फेला पारेको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) शुभाष बुढाथोकीले बताए।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको बुढाथोकीले बताए।

प्रकाशित: २० पुस २०७९ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App