coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गृहमन्त्रीको फोनपछि सप्तरीमा बोक्सी आरोपमा कुटपिटको मुद्दा दर्ता

सप्तरीमा बोक्सीको आरोपमा कुटपिट पीडित एक महिलाको मुद्दा एक महिनापछि दर्ता भएको छ। प्रहरीले उजुरी नलिएको गुनासो जनमत पार्टीका अध्यक्ष सिके राउतसमक्ष आएपछि उनले गृहमन्त्री रवि लामिछानेलाई फोन गरी घटना जानकारी गराएका थिए। त्यसपछि पीडित महिलाको मुद्दा दर्ता भएको हो।

मंसिर १२ गते विहान धान खेतमा पराल बाधिरहेकी कञ्चनरुप नगरपालिका ३ बरमझियाकी सरितादेवी दासलाई गाउँकै चार पाँच जना परिचित पुरुषले बोक्सीभन्दै कुटपिट गरेका थिए।

मोटरसाइकलमा आएका चार जनाले उनलाई खेतमै बोक्सी भनेर कुटपिट गरेको उजुरी प्रहरीमा गरिन्। मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिन पुगेकी उनको उजुरी दर्ता भएन। प्रहरीले दुबैपक्षबीच छलफलमार्फत हल निकाल्नतिर लागे। छलफलबाट पीडितको चित बुझेन।

छलफलबाट चितबुझ्दो सामाधान नभएपछि उनी जाहेरी दर्ता गरी कानूनी कारबाही अघि बढाइदिन प्रहरीलाई गुहारिन। उनी भन्छिन्, मेरो गुहार प्रहरीले सुनेन्। सुनवाई नै नभएपछि जनमत पार्टीले राजविराजमा राखेको गुनासो पेटिकामा मैले आफ्नो गुनासो लेखेर राखिदिएको थिए उनले भनिन्,‘त्यही पत्रको आधारमा एक महिनापछि मेरो मुद्दा प्रहरीले दर्ता गर्यो। न्यायका लागि पनि माथिल्लो तहबाट भनसुन गराउनुपर्दो रहेछ। मँ जस्ता कति पीडित आजित भएर पछि हटेका होलान’ उनले भनिन्। उनले आफूमाथि कुटपिट गर्ने समूहमा सोही वडाका वडा सदस्य इन्द्रजीत दासको समेत संलग्नता रहेको बताइकी छिन्।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिके राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न गुनासो पेटिका राखेका छन्। गुनसो पेटिकाको गुनासो पत्रको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका छन्।

आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय राउतले आफ्नो फेसबुक पेजमा समेत पोष्ट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता(डिएसपी) नरेश सिंहका अनुसार चार जनालाई विपक्षी बनाएर पीडित महिलालो दिएको बोक्सी आरोपमा कुटपिट सम्बन्धि मुद्दा दर्ता भैसकेको छ। आरोपितहरु पक्राउ नपरेको उनले बताए। करिब एक महिना अघिको यस घटनामा दुई पक्षबीच छलफल भएको पनि उनले बताए।

‘प्रहरीले लिन नमानेको होइन। हामीले अनुसन्धान गरिहेका थियौं। दुबै पक्ष बसेर छलफल गर्छौं पनि भन्नुभएको थियो। त्यसपछि आउनु पनि भएन्। तीन दिन अगाडि पीडितले दिएको किटानी जाहेरी दर्ता गरि कारबाही अघि बढाइसक्यौं' उनले भने।  

प्रकाशित: २० पुस २०७९ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App