१५ चैत्र २०८० बिहीबार
समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट- 'दुई दिन भईसक्यो पहिरो गएको अझै हटाउन सकिएको छैन। एसमोडमा अलपत्र परियो। न त बस्ने बास छ न त खाने गास छ। ठूलो दुःख पाइयो।' यो दुखेसो कालिकोट मान्मबाट काठमाडौं जादै गरेकी एमुना बमको हो। सोमवार विहान गएको पहिरोले अवरुद्ध राजमार्ग दुई दिन वितिसक्दा सम्म पनि हटाउन सकिएको छैन।  बमले पाएको दुःख प्रतिधिमुलक मात्र हो। यस्तै सयौं यात्रुहरु विचवाटोमै अलपत्र परेका छन्। कालिकोट सदरमुकाम देखि गाडिमा एक घण्टाको समय लाग्ने दुरीमा पर्ने एसमोडमा करिव २० मिटर लामो पहिरो गएको हो। आईतवार दिउँसो र रातभरी अविरल वर्षा भए पछि सो क्षेत्रमा पहिरो गएको थियो ।

सडक विभागको डोजरले सडकमा आएको पहिरो पन्छाउन नसके पछि जिल्ला प्रशासन कालिकोटको पहलमा नेपाली सेनाले अबरुद्ध सडको पहिरो हटाउने भएको छ। कुनै पनि क्षेत्रबाट पहिरो हटाउन नसकिए पनि कर्णाली करिडोर निर्माण कार्यदलको नेपाली सेनाले जिम्मा लिएको जिल्ला प्रशसानले बताएको छ। कर्णाली करिडोर निर्माण कार्यदल प्रमुख एवं कर्णेल इन्द्रबिर गरुङ्गको नेतृमा बलाष्टीङ गरेर पहिरो हटाइने भएको हो। पहिरोमा डोजेर उठाउन नसक्ने खालका ठूलठूला ढुङ्गा भएकाले नेपाली सेनाले बलास्टीङ गरेर पहिरो हटाउने भएको हो।

एस आकारको मोड भएको स्थानमा माथिबाट करिव २० मिटरको हाराहारीमा पहिरो आएको निरक्षणमा खटिएका स्थानीय रेडियोकर्मी भरतराज विष्टले बताए। उनका अनुसार नेपाली सेनाले पहिरो गएको स्थान राम्रोसंग अवलोकन गरेर बुधवारबाट पहिरो हटाउन थाल्ने भएको छ। पहिरोले सडक अबरुद्ध गरे पछि कर्णाली राजमार्गनै ठप्प भएको छ। काठमाडौं नेपालगंज,सुर्खेत हुँदै कालिकोट जुम्ला मुगु जाने यात्रुहरु बीचबाटो मै अलपत्र परेका छन्। त्यस्तै जुम्लाबाट कालिकोट हुँदै तलतिर झर्ने यात्रुवाहक बसहरु अलपत्र छन्।

प्रकाशित: ४ श्रावण २०७३ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App