१६ चैत्र २०८० शुक्रबार
समाज

कागज उद्योगमा आगलागी

इटहरी-कागत तयार गर्नका लागि राखिएको केमिकलबाट मंगलबार बिहान सल्किएको आगोले सुनसरी नरसिंह वडा नं. १ को बाबा पेपर उद्योगमा लाखौं रुपैयाँको क्षती भएको छ। आगलागीबाट उद्योगको केमिकल र कागज बनाउने अन्य कच्चापदार्थ जलेर नष्ट भएको छ।

विहान ३ बजेभन्दा अघिदेखि सुरु भएको आगलागीबाट उद्योगको कच्चपदार्थ पुरै भित्रभित्र सल्किएर क्षती पुगीसकेपछि मात्र कार्यरत कर्मचारीले पत्ता पाएका थिए । ‘उद्योगका कर्मचारीले प्रहरीलाई बिहान ३.४५ बजे खबर गरेका थिए । लगतै प्रहरी पुग्दा कच्चापदार्थ जलेर निकै क्षती भएको थियो । आगलागीबाट क्षती पुगेको हेर्दा करीब बिहान दुई बजेदेखि आगो सल्किएको हुनपर्छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने । उनका अनुसार उद्योगबाट भएको क्षतीको यकिन विवरण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

‘प्रहरीले त यकिन क्षती विवरण पत्ता लगाउन गाह्रो हुन्छ, उद्योग प्रशासनले अहिलेसम्म उपलब्ध गराएको छैन् । उद्योग प्रशासनले प्रारम्भिक रुपमा मोटामोटी एक करोड बराबरको क्षती भएको जनाएपनि आधिकारिक उपलब्ध गराएको छैन,’ एसपी पोखरेलले भने।

उद्योगमा आगलागी भएर केमिकलको ड्रम ठूलो आवाजमा पड्किएपछि कर्मचारीले अत्तालिँदै प्रहरीलाई डाकेका थिए। उद्योगमा आगलागी हुनासाथ कर्मचारीले थाहा पाएका भए ठूलो क्षती हुनबाट जोगिन्थ्यो।

उद्योगमा लागेको आगो इटहरी र धरानबाट आएको दमकलले नियन्त्रणमा लिएको छ । आगलागीलाई विहान ८ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो।

 

प्रकाशित: ४ श्रावण २०७३ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App