८ वैशाख २०८१ शनिबार
समाज

स्रोत नखुलेको साढे चार लाखसहित दुई भारतीय पक्राउ

रौतहट प्रहरीले करिब साढे चार लाख भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी गोपालपुर बल्हाचोकका ३५ वर्षका आजात कुमार मालाकार र सोही ठाउँका २२ वर्षीय संजीव कुमार तिवारी रहेका छन्।

भारतबाट नेपालतिर ठुलो परिमाणमा भारतीय रुपैयाँ लिएर आउँदै गरेको सूचनाको आधारमा बीआर ०५ एएन १५९० को मोटरसाइकलसहित दुवै जनालाई चेकजाँच गर्दा प्रहरीले ४ लाख ४९ हजार ५०० सय भारतीय रुपैयाँ फेला परेको हो।

सोमवार बिहान पक्राउ परेका दुवैलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढा मगरले जानकारी गराएका छन्।

प्रकाशित: १८ पुस २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App