४ वैशाख २०८१ मंगलबार
समाज

चालकलाई कारबाही र क्षतिपुर्ति माग्दै नेपालगन्जमा सडक अवरुद्ध

मृतकका परिवार तथा आफन्तले गरेको सडक अवरुद्ध। तस्बिर: नागरिक

ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ।

नेपालगन्ज उपमहानगरपालिका अन्तरगत कारकाँदो, राँझा, भुजईगाउँ लगायत स्थानमा सोमबार बिहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको हो। नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख, नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी तेजन थापा मगरको मृत्यु भएको थियो।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी सम्पर्कमा नआएपछि आफन्तहरु आन्दोलित भएका हुन्। घटननालाई प्रहरीले गम्भिर रुपमा नलिएको उनीहरुको आरोप छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले ठक्कर दिने चालकलाई कारबाही, ट्रक धनीलाई सम्पर्कमा ल्याउनुपर्ने लगायत माग राखेर मृतकका परिवार तथा आफन्तहरु आन्दोलनमा उत्रिएको बताए। 

आन्दोलनमा विभिन्न बिद्यालयका बिद्यार्थी समेत परिचालित भएका छन्। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी प्रवक्ता घर्तीमगरले बताए। ट्रक धनी सम्पर्कमा नआउँदा पीडित परिवारलाई उपलब्ध गराउने क्षतिपुर्तीका विषयमा छलफल नै हुन पाएको छैन। परिवार र आफन्तले मृतकको शव नै बुझेका छैनन्।

प्रकाशित: १८ पुस २०७९ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App