coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जमा अपरिचित समूहको आक्रमणबाट ३ जना घाइते

धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका अनुराग शाह। तस्बिर: नागरिक

नेपालगन्ज उपमहानगरपालिकाको ब्यस्त सडकमा दिनदहाडै साँघातिक आक्रमण भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार गरी आक्रमण गरिएको हो। धारिलो हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका छन्।

आक्रमणबाट घाइते भएका तीनै जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ। घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन्। उनको शरिरका विभिन्न भागमा गहिरो चोट छ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खुँडा र खुकुरी प्रहार गरेका थिए। भारतीय नम्बर प्लेटको गाडीमा ६ जनाको संख्यामा आएको समूहले उनीहरु माथी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमण गर्नुको कारण भने खुल्न सकेको छैन। आक्रमण लगत्तै फरार भएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। डिएसपी घर्तीले पक्राउ परेका ब्यक्तिको नाम भने उल्लेख गरेनन्। उनले भने, ‘चार जना ब्यक्ति हाम्रो नियन्त्रणमा छन, उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको छ।’

यसैबीच नेपालगन्जमा आइतबार दिउँसो भएको साँघातिक आक्रमणको घटनाप्रति नेपाली काँग्रेस निकट नेपाल तरुण दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।  

तरुण दल बाँकेका सचिव बिनोद रिजाल, तरुण दल नेपालगन्ज उपमहानगर सभापति संन्दिपजंग शाह र तरुण दल खजुरा गाउँपालिका सभापति कोमलराज सिंह ठकुरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्। ज्यानै लिने उद्देश्यले आफ्ना सदस्यहरु माथी सांघातिक आक्रमण भएको तरुण दलले जनाएको छ।

विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका अपराधिक गिरोहले ज्यान लिने उदेश्यले गरेको आक्रमणमा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउनुपर्ने तरुण दलको माग छ। नगरमा निर्वाध रुपमा हिडडुल गरी आफ्ना दैनिक गतिविधी सञ्चालन गर्न सक्ने गरी शान्ति सु–व्यवस्था कायम गर्न तथा दोषीमाथी कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। यदी कारबाही नभए सिंगो तरुण दल सडक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

प्रकाशित: १७ पुस २०७९ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App