६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीको पक्षमा स्वतस्फुर्त युवा सडकमा

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका शिक्षण अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा शनिबार स्वतस्फुर्त रुपमा र्याली निस्किएको छ।

विभिन्न संघसंस्था र नागरिकहरु माइतीघर मण्डलामा भेला भएर डा. केसीको पक्षमा नाराबाजी गरेका छन्। उनीहरुले ‘नेताजति गाडीमा, युवाजति खाडीमा, माफियाको मिशन, सिटामोलमा कमिशन, डा. केसी पागल  हो भने हामी पनि  पागल, भन्ने नारा देखिएको प्लेकार्ड बोकेका थिए। करिव २ हजारको संख्यामा रहेका उनीहरुले माइतीघरमा प्रदर्शन गर्दै जुलुससहित नयाँ बानेश्वर पुगेका थिए।

 

प्रकाशित: १ श्रावण २०७३ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App