७ वैशाख २०८१ शुक्रबार
समाज

यौन व्यापारमा अधिकतर विवाहित महिला

इटहरी–झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लाका ‘हाई वे’ क्षेत्रमा गरिएको सर्वेक्षणले अधिकतर यौन व्यापारमा संलग्न महिला विवाहित भएको रहेको पत्ता लागेको छ। तराईका ‘हाई वे’ क्षेत्रका ६१० जना महिलालाई नमूनाका रुपमा लिएर राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्र टेकु काठमाडौंको अगुवाईमा भएको सर्वेक्षणले ७४ प्रतिशत विवाहित महिला यौन व्यापारमा संलग्न भएको देखाएको छ।


यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले बुधबार इटहरीमा तथ्याङ्क सार्वजनिक गदैं श्रीमान्सँग भएका ४० प्रतिशत र बालबच्चा भएका ३३ प्रतिशत महिलाले यौन व्यापार गर्ने गरेका छन् । इटहरीकै महिला सहयोगी समूहकै अलगै तथ्याङ्क अनुसार बालबच्चा भएका महिला यौन व्यापारमा लग्दा इटहरीमा मात्र पछिल्लो एक बर्ष सम्पर्कमा आएका विवाहित महिलाका झन्डै ३० जना छोराछोरी थिए । तर, थुप्रै महिला अहिले संस्थाको सम्पर्कमा छैनन् । कतिपय महिलाले छोराछोरी त्यागेका छन् ।

त्यसरी महिलाले त्यागेका छोराछोरी सडक बालबालिका बन्ने गरेका छन् । यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले सर्वेक्षण गरेर अन्तिम स्वरुप दिन लागिएको तथ्याङ्क अनुसार यौन व्यापारमा संलग्न महिलामध्ये सवैभन्दा बढी ४९ प्रतिशत १६ बर्षदेखि २९ बर्ष उमेर समूहका छन् । जसमा २८ प्रतिशत क्षेत्री–बाहुन समूदायका छन् भने ३२ प्रतिशत आदिवासी जनजाति छन् ।

यौन व्यापारमा सहभागी हुने ६७ प्रतिशत महिला साक्षर रहेका छन् । साक्षर महिलाको संख्या बढेकैले गर्दा असुरक्षित ढंगले शारीरिक सम्पर्क राख्न हुन भन्ने ज्ञान भएकाले गर्दा कण्डम प्रयोग गर्नेको संख्या विगतका बर्षमा भन्दा बढेको सर्वेक्षणकर्ता इन्टरपिङ् नेपाल संस्थाका कार्यक्रम को अडिनेटर धिरेन्द्र साहीले बताए । यौन व्यापारमा संलग्नमध्ये ७९ प्रतिशतले होटल र लज नै रोज्ने गरेका छन् ।

यौन व्यापारमा संलग्न महिलाका ५२ प्रतिशत ग्राहक व्यापारी हुने र ४३ प्रतिशत सवारी साधनका चालकसँगै अन्य हुने गरेका छन् । यस्तो व्यापारमा संलग्न महिलामध्ये अहिले ०.८ प्रतिशतलाई एचआइभी÷एड्सको संक्रमण देखा परेको छ भने ०.५ प्रतिशतलाई भिरङ्गीको लक्ष्यण देखा पर्न थालेको छ। अहिले १०.३ प्रतिशत भिरङ्गीकै समस्या रहेको उल्लेख  छ।

 

प्रकाशित: ३० असार २०७३ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App