coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोको जोखिममा खलंगा बजार

जाजरकोट-  भेरीमालिका नगरपालिका  कुशलराज थापालाइ  आकासमा वादल देखिने  वित्तिकै राति सुत्न पाइएला कि नपाइएला  भन्ने चिन्ताले सताउने  गर्छ। राति घरमाथिको पहिरो आउने डरले उनलाइ रातमा निद्रै लाग्दैन।  पानी परेको दिन घरमाथिवाट पहिरो आउछ कि भनी  आफनो परिवारका  सवै  सदस्यहरु  जाग्राम वस्ने गरेको कुशलराज थापाले वताए । यो वर्ष पानी वढी परेका कारण पहिरोको सम्भावना धेरै भएकोले आफुलाइ रातदिन चिन्ताले सताउने गरेको थापाले वताए ।

  कुशलराज मात्र होइन खलंगाको  काजीवाडाका राजु केसीलाइ पनि घरमुनिको पहिरोले  रातीको निद्रा खाइदिने गरेको छ।  पानी पर्दा बग्ने माटो भएका कारण  घर जोखिममा परेको  उनले बताए।  बाटो  विग्रने गरि घरमुनिको पहिरो गएका कारण  आफनो परिवारले एक हप्ता देखि आनन्दसंग सुत्न नपाएको केसीले बताए।

     दिन दिनै भारी वर्षात भइरहेको छ तर  भिरालो जमिनको पहिरो रोक्नका लागि सरोकारवाला निकायले  कुनै  पहल नगरेको केसीको पनि गुनासो छ।  थापा र केसी मात्र होइन  अहिले  सदरमुकाम खलंगा बजारका  अधिकांश स्थानीयहरु पहिरोको उच्च जोखिममा परेको भन्दै   सार्वजनिक बाटो  र स्थानीयहरुका घरहरुको सुरक्षाको  व्यवस्थाका लागि सरकारी निकायवाट पहल हुनुपर्ने बताउछन्। 

     खलंगा वजारका विभिन्न सार्वजनिक वाटो  माथि र मुनि तथा  स्थानीयहरुको  घर वरीपरी गएका पहिरोहरुले पुरै खलंगा बजारलाइ जोखिममा पारेको  स्थानीय बालकुमार शर्माले बताए।  वर्षातमा  सार्वजनिक बाटो वरीपरीको पहिरो र स्थानीयका घरहरु जोखिममा परेपनि स्वयम स्थानीय र सरोकारवाला निकायहरुले कुनै  चासो नदिएको  शर्माले बताए।  अहिले खलंगा वजारका रानागाउँ, ठाँठी, सिमलगैरी, वाहुनवारा, थाप्ले, गैरीखालीका बजारहरु  पहिरोको   उच्च जोखिममा रहेका छन् । सदरमुकाम बजारमा मात्रै २० हजार वढी जनसंख्या रहेको  छ ।  अव्यवस्थित बजारका कारण पहिरो लगाएतका समस्या आएको  र  यसको  समाधानका लागि  आफुहरले छिट्टै  योजना सार्वजनिक गर्न लागेको  भेरीमालिका नगरपालिका काकार्यकारी प्रमुख रामप्रसाद शर्माले बताए।

जिल्लामा  पहिरो रोकथामका लागि  तार जाली र  अन्य  योजना तथा बजेटको  ठूलो समस्या रहेका कारण खलंगा बजार  पहिरोको जोखिमवाट मुक्त हुन नसकेको  हो।  गत वर्ष नगरपालिका घोषित खलंगा बजारको  उचित व्यवस्थापनका लागि गतिलो योजना र काम नहुदा पहिरो र अन्य  प्राकृतिक तथा  मानवीय प्रकोपको जोखिम वढीरहेको  नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति सनतकुमार कार्कीले बताए।

   उनले  विपतवाट बच्ने  उपाया संगसंगै  पहिरो लगाएतका अन्य  दैवी प्रकोपको  घटनावाट खलंगा बजारलाइ सुरक्षित गर्न गुरु योजना बन्नु पर्ने बताए।   उता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  स्थानीय उपभोक्ता समितिहरुको लापरवाहिका कारणले  सदरमुकाम लगाएत जिल्लाका अन्य भागमा पहिरोको  उच्च जोखिम देखिएको बताए।

  उनले  अहिले जिल्ला प्रशासन कार्यालयमा  २५० थान र  जिल्ला विकास समितिमा  १४० थान तार जारी रहेको  भएपनि जिल्लामा पहिरोको जोखिम हेर्दा यो अपुग रहेको बताए।  बाटो भत्किएको र घर जोखिममा परेका परिवारलाइ प्रहरी मुचुल्का र नगरपालिका या गाविसको सिफारिसमा  दुइ देखि चार वटा सम्म जाली दिने गरेको र धेरै क्षति भएकाहरुको  लागि  जलउत्पन्न प्रकोप सव डिभीजन कार्यालय सुर्खेतमा  सिफारिस गर्ने गरेको  दैवीप्रकोप उद्धार समितिका  अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गौतमले बताए।

प्रकाशित: २८ असार २०७३ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App