८ वैशाख २०८१ शनिबार
समाज

सैनिक प्रवक्तामा भण्डारी

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी नियुक्त भएका छन्। यसअघिक सेनाको २१ नम्बर बाहिनीका बाहिनीपति रहेका भण्डारी सेनाको प्रवक्तामा नियुक्त भएका हुन्।

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्। 

बुधबार सैनिक मुख्यालमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सिलवालले भण्डारीलाई स्वागत गरे भने भण्डारीले कार्यकाल पूरा गरेका सिलवालाई नयाँ कार्यकालका लागि शुभकामना दिएका थिए। उक्त कार्यक्रममा बोल्दै नवनियुक्त प्रवक्ता भण्डारीले सेनाको प्रवक्ताका रुपमा आफूले रचनात्मक भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित: १४ पुस २०७९ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App