coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्ज–दिल्ली हवाई उडान गर्न पुनः पहल

नेपालगन्ज विमानस्थल। तस्बिर: नागरिक

नेपालगन्ज–दिल्ली हवाई उडान सुरु गर्न पुनः पहल थालिएको छ। नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट सहितको उपस्थितीमा हालै नेपालगन्जस्थित नागरिक अगुवाहरुले दिल्ली उडानका लागि पुनः पहल थालेका हुन्। यसका लागि नगर प्रमुख विष्टको संयोजकत्वमा एक कार्यदल बनाइएको छ।

दिल्ली उडानको पहल थाल्न वेष्टर्न ट्राभल मार्ट आयोजना व्यवस्थापन समितिले संयोजन गरिरहेको छ। नाटा बाँके प्याप्टर अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्ज–दिल्ली उडानका लागि पहल गर्नका लागि सबै सरोकारवाला सकारात्मक भएका छन्। नेपालगन्जमा आगामी जनवरी तेस्रो साता वेस्टर्न ट्राभल मार्टको आयोजना गर्ने प्रस्ताव गरिएको छ।

मार्टमा उपस्थित हुन भारतसहित विभिन्न मुलुकबाट पर्यटन ब्यवसायी आउनेछन्। सोही बेला नेपालगन्ज–दिल्ली हवाई उडानलाई कार्यान्वयनमा ल्याउने गरी नेपाल सरकारले पनि विशेष पहल गर्नुपर्ने यहाँका सरोकारवाला निकायको अपेक्षा छ।

सुरुमा दिल्ली उडानका लागि पहल गरिने र त्यसले सार्थकता पाएमा चण्डीगढ, बैंगलोर लगायत स्थानमा पनि नेपालगन्जबाट हवाई सेवालाई जोड्न पहल थालिने अध्यक्ष सिग्देलले बताए।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम क्षेत्रको आर्थिक विकासका लागि नेपालगन्जबाट दिल्ली उडान गर्न आवश्यक रहेको बताए। ‘नेपालगन्ज विमानस्थलको स्तरोन्नती र नेपालगन्ज–दिल्ली उडान यो क्षेत्रको विकासका लागि सबैको साझा सवाल हो,’ उनले भने।

सांसद डा. राणाले नेपालगन्ज देखी भारतको नयाँ दिल्लीलाई प्राथमिकतामा राखिएको बताए। ‘यसका लागि निरन्तर समन्वय गर्दै दबाब तथा आवश्यक पहल गर्न जरुरी छ,’ उनले भने। अति ब्यस्त रहने नेपालगन्ज बिमानस्थलमा नेपाल नागरिक उड्यन प्राधिकरणले टर्मिनल भवन विस्तार कार्य अगाडी बढाइरहेको छ।  

प्रकाशित: १३ पुस २०७९ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App