coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाँकेको राप्तीपारी फेरी देखियो पाटेबाघ

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा गतवर्ष फेला परेको पाटेबाघ। तस्बिर: नागरिक

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा पाटेबाघ पुनः देखा परेको छ। राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघ देखेका  हुन्। 

पाटेबाघलाई देखेपछि करिव १२/१५ जनाको संख्यामा पुगेका स्थानीय बासिन्दाले हो–हल्ला गरेका थिए। त्यसपछि बाघ त्यहाँबाट भागेको र स्थानीय बासिन्दाहरु बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक प्रविण डिसीले जानकारी दिए।

‘धेरै संख्यामा महिला र पुरुष जंगलमा भएका कारण होहल्ला गरेपछि बाघ भागेको रहेछ, नत्र बाघले आक्रमण गर्न सक्थ्यो,’ उनले भने। राप्तीपारीको जंगलमा बाघ रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था आएको प्रहरी ईन्चार्ज डिसीले बताए।

गतवर्ष पनि राप्ती सोनारीको वडा नम्बर ४, ५, ६ र ७ को जंगलमा पाटेबाघले आतंक मच्चाएको थियो। त्यसपछि डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज लगायतको टोलीले बाघलाई नियन्त्रणमा लिएर चितवन पुर्याएको थियो। 

पाटेबाघले यसवर्ष पनि राप्तीपारी क्षेत्रमा आतंक मच्चाउन सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन्। केही दिनअघि मात्र बाघले दुई वटा बाख्रा र एउटा सुँगुर मारेको थियो। निकुञ्ज विस्तार भएसँगै आसपासका जंगलमा पनि पाटेबाघको संख्या बढेको छ।  

प्रकाशित: १३ पुस २०७९ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App