coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीबाट ९ केजी चरेससहित युवक पक्राउ

ईलाका प्रहरी कार्यालय मालाखेतीमा चरेससहित युवक तस्बिर: नेपाल प्रहरी

कैलालीको अत्तरियामा प्रहरीले ९ केजी भन्दा बढी मात्रामा रहेको चरेस सहित एक युवकलाई पक्राउ गरेको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नं २ बसपार्कमा स्थित नविन होटलको कोठामा बसिरहेका वेला ९ केजी ३ सय ४० ग्राम चरेससहित बझाङ दुर्गाथली गाउँपालिका ७ बस्ने ३६ वर्षिय यमराज दौल्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशीले बताए।

विशेष सुचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेती बाट साधा पोशाखमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको १ सय १ कोठाबाट चरेर सहित उनलाई मंगलबार साँझ साढे ७ बजेतिर समातेको उनले बताए।

ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा उनलाई राखेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। बझाङ बाट ठूलो मात्रामा चरेस ल्याएर भारत लगायत बिभिन्न ठाउँमा कारोवार हुने  गरेको छ। पटक पटक चरेस वोक्ने भरिया समातिए पनि चरेसको कारोवार गर्ने गिरोहका नाईके सम्म प्रहरी पुग्न सकेको पाईदैन।

प्रकाशित: १३ पुस २०७९ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App